नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा
इन्द्र रिजाल
बैशाख ११, २०७६ बुधबार २०:३२:५
वालिङ । स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध हात हतियार बुझाउने ३५ दिने सूचना जारी गरेसँगै जिल्ला प्रहरी कार्यालयले आफू मातहतका प्रहरी एकाइ परिचालन गरी नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।
“गत चैत १ गतेदेखि २०७६ वैशाख ६ गतेसम्म सूचना जारी गरेका थियौँ”, प्रवक्ता भण्डारीले भने, “उक्त अवधिमा जिल्लाका विभिन्न स्थानबाट अवैध भरुवा बन्दुक नियन्त्रणमा आएको छ ।” स्याङ्जाको बिरुवा गाउँपालिकाबाट अवैध भरुवा बन्दुक प्रयोगकर्ता दुई जनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बिरुवा गाउँपालिका–३ का थमनसिंह थापामगर र सोही ठाउँका थामबहादुर थापालाई पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात् अदालतमार्फत् दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता भण्डारीले बताए ।
बिरुवा गाउँपालिकाका–३ स्थित सिउँदी कुथर भन्ने स्थानतर्फ जाँदै गर्दा थमनसिंहले बोकेको अवैध भरुवा बन्दुक पड्कन गई निजकै कोखामा लागेर घाइते भएका थिए ।
तमु समाजले बनायो सामुदायिक भवन
स्याङ्जाको वालिङ नगरपालिका–३ बाङ्खेमा तमु समुदायले सामुदायिक भवन निर्माण गरिएको छ । गाउँ घरमा सामुदायिक भवनको अभावमा सामाजिक कार्य, विभिन्न बैठक तथा तालीम सञ्चालन गर्न र समाजले जुटाएको भाँडावर्तन राख्नका लागि समस्या देखिएपछि बाङ्खेली तमु समुदायले भवन निर्माणमा सक्रियता देखाएको निर्माण समितिका अध्यक्ष खिमबहादुर गुरुङले बताए।
स्थानीय कुलबहादुर गुरुङ र शिरमाया गुरुङले करीब पाँच आना जग्गा निःशुल्क उपलब्ध गराएपछि सोही ठाउँमा भवन निर्माण गरिएको अध्यक्ष गुरुङले बताए । “गाउँमा सामाजिक कार्य सञ्चालनका लागि भवनको अभाव देखियो”, जग्गादाता गुरुङले भने, “भवन निर्माणको योजना अगाडि सारेपछि मैले समाजलाई निःशुल्करुपमा जग्गा उपलब्ध गराएको हुँ ।”
विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सङ्कलन भएको रु २१ लाख दुई हजार ८८६ र स्थानीय जनश्रमदानबाट रु तीन लाख ४० हजार गरी कूल २४ लाख ४२ हजार ८८६ को लागतमा सभाहलसहितको सुविधा सम्पन्न भवन निर्माण गरिएको अध्यक्ष गुरुङले बताए ।
भवनको उद्घाटन गर्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले गुरुङ समुदायले आफ्नै अग्रसरतामा सामुदायिक भवन निर्माण गरेर उदाहरण प्रस्तुत गरेको बताए “सामुदायिक भवनलाई सीप सिक्ने केन्द्रका रुपमा विकास गर्ने गरी अगाडि बढ्नुहोस्”, नगर प्रमुख खाँणले भने “तपाईहरु अब आर्थिक उपार्जनसँग जोडिनुपर्छ, यसका लागि प्रस्ताव आए नगरपालिकाले सहयोग गर्छ ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार