दुर्गम गाउँमा ‘एक घर एक धारा
इन्द्र रिजाल
बैशाख ११, २०७६ बुधबार २०:४३:३९
गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ स्थित नर्जा गाउँमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ ।
खानेपानीको चरम सङ्कटमा रहेको विकट गाउँमा गाउँपालिकाले दुई वर्ष लगाएर एक घर एक धारा निर्माण गरिदिएको हो ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा रु १५ लाख, चालू आर्थिक वर्ष २०७५/७६ मा रु १९ लाख र जनसहभागिताबाट रु छ लाख गरी कूल रु ४० लाखको लागतमा एक घर एक धारा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताए ।
पुस्ताँैदेखि खानेपानी समस्या भोग्दै आएका नर्जावासी घर घरमै पानी आएपछि निकै हर्षित भएका छन् । बस्तीभन्दा ७०० मिटर माथि रहेको बराहकोट महरेखोला मुहानबाट पानी ल्याएर नर्जा गाउँका ११० व्यक्तिगत तथा छ सार्वजनिक घरमा खानेपानीको सहज आपूर्ति गराइएको बराहकोट खानेपानी आयोजनाका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।
“गाउँमा भौगोलिक हिसाबले निकै टाढा टाढा छरिएकाले पानी लिनका लागि छण्टौँ हिँड्नुपर्ने बाध्यता थियो”, छन्त्यालले भन्नुभयो, “एक घर एक धाराले समयको बचत मात्र हैन बचत भएको पानीबाट कृषिजन्य उत्पादन गर्नसमेत सहयोग पु¥याउने छ ।” खानेपानीको सहज आपूर्ति हँुदा गाउँमा सिंहदरबार आएको महसुस गर्न पाएको स्थानीय उपभोक्ता जालबहादुर रसाइलीले बताए।
खानेपानीको सङ्कट भएको गाउँमा घर घरै पानी आउँदा स्थानीयवासी दङ्ग परेको वडाध्यक्ष कुलबहादुर छन्त्यालले बताए । छन्त्यालका अनुसार बस्ती पातलो भएका कारण पानी लिन नै यहाँका स्थानीयले समय गुजार्ने गरेका थिए । गाउँपालिकाको अधिकांश क्षेत्रमा खानेपानी समस्या रहेको बताउँदै आगामी दुई वर्षभित्रमा सबै वडामा एक घर एक खानेपानी धारा निर्माण अभियानलाई प्राथमिकता दिएर गाउँपालिका अगाडि बढिरहेको प्रमुख बुढाले बताए ।
गाउँपालिकाले सडक नपुगेको स्थानमा सडक पु¥याउने, केन्द्रिय विद्युतीकरण गर्ने, शिक्षा तथा स्वास्थ्यको गुणस्तरमा वृद्धि गर्ने, गाउँमै ल्याब सेवा स्थापना गर्नेजस्ता कार्य गर्दा नर्जामा विकासको ढोका खुलेको स्थानीयले बताएका छन् ।
जिल्लाकै विकट पर्ने तमानखोला गाउँपालिका स्थानीय जनप्रतिनिधि आइसेकपछि क्रमशः सुगममा परिणत हुन पुगेको छ । घण्टाँै हिँडेर पानी ल्याउने बाध्यतामा परेका स्थानीयले घरमै धारो आउला भन्ने कल्पनासमेत गरेका थिएनन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार