१९ मंसिर २०७८, आईतवार
विकास बैंक

मुक्तिनाथ विकास बैंकको ग्राहक बन्दा धुलिखेल माउण्टेन रिसोर्टमा विशेष छुट

प्रकाशित मिति :  ११ बैशाख २०७६, बुधबार १८:२९


मुक्तिनाथ विकास बैंक

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धुलिखेल माउण्टेन रिसोर्टले विशेष छुट सुविधा दिने भएको छ ।

मुक्तिनाथ विकास बैंकको भिसा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टबाट विभिन्न सेवा सुविधामा दश प्रतिशतसम्मको विशेष छुट पाउने बैंकका सुचना अधिकृत तिलबहादुर गुरुङले जानकारी दिएका छन् ।

सो सम्बन्धि सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र धुलिखेल माउण्टेन रिसोर्टको तर्फबाट बिक्री तथा बजारिकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले आज हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका भिसा डेविट कार्ड भएका सम्पुर्ण सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा बैंकले लिएको छ ।

मुक्तिनाथ विकास बैंकले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टी.एम. र छ लाख ग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरुलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै देशैभरीका भिसा नेटवर्क अन्तर्गत रहेका ATM बाट निः शुल्क रकम झिक्न मिल्ने व्यवस्था उपलब्ध छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा