२२ मंसिर २०७८, बुधबार
राजनीति

कांग्रेसले पूर्वमन्त्री ताम्राकारको निधनमा तीन दिनसम्म शोक व्यक्त गर्ने,पुर्वनिधारित सबै कार्यक्रम स्थगित

प्रकाशित मिति :  ११ बैशाख २०७६, बुधबार १८:३१


काठमाडौं । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारप्रति  कांग्रेसले पार्टीको झण्डा ओढाई सम्मान व्यक्त गरेको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा बुधबार ताम्राकारको पार्थिव शरीरमा सभापति शेरबहादुर देउवाले पार्टी झण्डा ओढाई सम्मान गरेका हुन् । ताम्राकारको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

नेता ताम्राकारको उपचारका क्रममा मङ्गलबार दिउँसो ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो । निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ वर्षीय नेता ताम्राकारले स्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

उनले पार्टीका श्रद्धेय नेता बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशिल रहेको कांग्रेसले जनाएको छ ।

केन्द्रीय समितिको बैठकले दिवङ्गत नेता ताम्राकारप्रति उच्च सम्मान प्रकट गर्दै वैशाख ११, १२ र १३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो । तीन दिनसम्म शोक एवं श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगन गर्ने निर्णय पनि काङ्ग्रेसले गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा