११ मंसिर २०७८, शनिबार
कर्पोरेट

वर्ल्डलिंकले कर्पोरेट भर्जनको ‘सेफ नेट’ सेवा दिने

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार ०८:५६


safe-net-worldlink

काठमाडौं । विगत लामो समयदेखि नेपालमा इन्टरनेट सेवा दिईरहेको वर्ल्डलिंक कम्युनिकेशन प्रा.लिले ग्राहकको सुविधा र सुरक्षाको लागि थप सेवा विस्तार गरेको छ । वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट’ सेवा उपलब्ध गराउने भएको छ ।

विगत २३ वर्षदेखी नेपालमा उच्च स्तरीय र भरपर्दो इन्टरनेट सेवा दिँदै आएको वर्ल्डलिंकले केहि वर्षअघि रिटेल ग्राहकका लागि ‘सेफ नेट’ सुविधा उपलब्ध गराउँदै आएको थियो । उक्त सेवालाई अब विस्तार गरी कर्पोरेट ग्राहकका लागि पनि उक्त सेवा सुचारु गराएको छ । वर्ल्डलिंकले रिटेल ग्राहकबाट आएको राम्रो प्रतिकृयालाई मध्यनजर गरेर यसलाई कर्पोरेट ग्राहकमाझ पनि ल्याइएको जनाएको छ ।

कर्पोरेट भर्जनको ‘सेफ नेट’ सेवामा कन्टेन्ट फिल्टरिङ, फायरवाल, सेफ ब्राउजिङ, एन्टीभाइरस र समय व्यवास्थापन लगायतका सुरक्षा सुविधा उपलब्ध रहेको छ । यसको प्रयोगले इन्टरनेटको सहि सदुपयोग गरी कम्पनीको विकासमा मद्धत पु¥याउने विश्वास कम्पनीले लिएको छ । यो सेवा कम्पनीको भ्यालु एडेड सर्भिस अन्र्तगत पर्ने भएकाले यो सेवा वल्र्डलिंकका ग्राहकलेमात्रै प्रयोग गर्न सक्ने जानकारी रीजु शाक्यले दिएकी छिन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा