China's first nuclear bomb scientist
Advertisement

चीन सरकारको आधिकारिक प्रकाशन ग्लोबल टाइम्सले एउटा निराशा लाग्दो समाचार प्रकाशित गरेको छ । चीनका लागि आणविक बम बनाउने पहिलो बैज्ञानिक क्यान्सरको औषधी खर्चको जोहो गर्न नसकेर छट्पाएको प्रसंग २०१९ को अप्रिल २४ तारिखको अनलाईन संस्करणमा उल्लेख छ ।

युआन कोङ्पु नाम गरेका ती आणविक बैज्ञानिक सन् १९६४ मा चीनले आणविक बम विकास गर्दाका एक प्रमुख हस्ती मध्येका थिए । उनलाई लागेको क्यान्सर रोगको उपचार खर्च धान्न महिनामा औषधीका लागि मात्रै छ हजार आरएमी कम भएकोे ग्लोबल टाइम्सले जनाएको छ । उनी र उनको श्रीमतिको पेन्सनले पनि उनलाई क्यान्सरको औषधी किन्ने पैसाको जोहो हुन सकिरहेको छैन ।

ग्लोबल टाइम्सले उनको भनाई उद्दृत गर्दै छापेको छ “मैले जीवनभर चीनका लागि आणविक बम बनाउन लागे तर यस्तो होला भनेर जीवनमा कहिल्यै सोचेको थिइन ”। एउटा आणविक वैज्ञानिकको त यस्तो हाल छ भने अरु सर्वसाधारण विरामीको के हाल होला भनी ग्लोबल टाइम्सले प्रति प्रश्न पनि गरेको छ ।

Advertisement

एशियामा विद्धानहरुलाई स्थान छैन, एशियामा विद्धान हुनु भनेको अपराधी हुनु हो भन्ने केही विचारकहरुको भनाइलाई ग्लोबल टाइम्समा प्रकाशित यो समाचारले थप पुष्टि गरेको छ । सिंगापुरका प्रसिद्ध कुटनीतिज्ञ किशोर महबुबानीले भनेझैं क्यान एशियन थिंक अर्थात् के एशियालीहरु सोच्न सक्छन् ? भन्ने पुस्तकलाई यो घटनाले थप बल पुर्याएको छ । एशियामा नयाँ आविष्कार र सिर्जना नहुने यस्तै यस्तै उदाहरणहरुले गर्दा हो ।

चीनलाई विश्वको आणविक शक्ति बनाउन भूमिका खेल्ने प्रमुख वैज्ञानिक ८५ वर्षको उमेरमा औषधी नपाएर छटपटिनु परेको छ भने अरु विद्धानहरुको हालत के होला भनी सर्वत्र प्रश्न उव्जेको छ । पश्चिमाहरुले अनौपचारिक वार्तालापमा भन्ने गरेको एशिया महादेश विद्धानहरुका लागि नर्क हो भन्ने तर्क चीनको यस घटनाले पनि प्रमाणित गरिदिएको छ ।

Advertisement