१३ माघ २०७८, बिहीबार

चोरीको मोटरसाइकल चढ्ने दुई जना पक्राऊ

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार १२:३०


गौशाला । महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–४ बस्ने बलेश्वर मुखिया र गौशाला नगरपालिका–४ बस्ने रञ्जीत सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

प्रहरीले मुखियालाई औरही नगरपालिका–४ कठुधार बजारमा ज६प १७३४ नम्बरको चोरीको मोटरसाइकल चढेको अवस्थामा जाँच गर्दा बुधबार साँझ पक्राऊ गरेको हो ।सो मोटरसाइकल औरही नगरपालिका–५ बस्ने रामविनय मुखियाको रहेको छ । जुन गत भदौ महिनामा हराएको थियो ।

त्यस्तै सहनीलाई बीआर ३० एस ०६२९ नम्बरको भारतीय नम्बरको चोरीको मोटरसाइकल चढेको अवस्थामा सोही स्थानबाट पक्राऊ गरिएको हो । सो मोटरसाइकल जिल्लाकै सम्सी बजारको बाटोमा पार्किङ गरिराखेको अवस्थामा चोरी भएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा