६ माघ २०७८, बिहीबार

अपांगता छोराको हत्या आरोपमा बाबु पक्राउ

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार १३:३५


दोलखा । दोलखाको शैलुङ गाउँपालिका ४ का ४४ वर्षीय चुडाबहादुर रेग्मी अपांगता भएको छोराको हत्या आरोपमा पक्राउ परेका छन् ।हिडडुल गर्न नसक्ने २२ वर्षीय छोरा बेदबहादुर रेग्मीलाई फोहर गरेको झोकमा चुडाबहादुरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

दोलखास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार घरमा फोहर गरेपछि उनले छोरा बेदबहादुरको टाउकोमा हतौडाले हानेर हत्या गरि कम्बलमा पोको पारेर खहरे खोलामा फालिएको प्रहरीले जनाएको छ।

बोल्न र हिड्न नसक्ने बेदबहादुरलाई बैशाखको सुरुवातीदेखि नदेखेपछि शंका लागेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। बेदबहादुरले घस्रदैँ जताततै दिशापिसाब गरेका कारण हत्या भएको हुनसक्ने प्रहरीको भनाई छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा