सामानको मूल्य बढ्ने भन्दै ‘मर्जर’ रोकियो
इन्द्र रिजाल
बैशाख १२, २०७६ बिहिबार १९:५२:९
लन्डन । बेलायतको प्रतिस्पर्धा एवं बजार प्राधिकरणले दुईवटा सुपरमार्केट गाभिने ‘मर्जर’ निर्णयलाई बिहीबार खारेज गरिदिएको छ ।
सामानको मूल्य बढ्ने र उपभोक्तालाई छनौटको अवसर गुम्ने भन्दै प्राधिकरणले विशाल सुपरमार्केट कम्पनीहरु सेन्सबरीज र वाल्मार्टको स्वामित्वमा रहेको आस्डाबीचको मर्जर रोकेको जनाएको छ ।
सेन्सबरीज बेलायतको दोस्रो तथा आस्डा तेस्रो ठूलो सुपरमार्केट हो । प्राधिकरणको निर्णयसँगै दुबै कम्पनीले सम्झौता रद्द गरेको जनाएका छन् ।
प्राधिकरणको अन्तिम अध्ययन प्रतिवेदनमा सेन्सबरीज–आस्डा मर्जरले सामानको मूल्य बढ्ने, अनलाइन सपिङ र पेट्रोलको मूल्यवृद्धि हुने उल्लेख छ । दुबै कम्पनीबीच मर्ज गरी बेलायतको पहिलो स्थानमा रहेको टेस्कोभन्दा ठूलो कम्पनी हुने योजना थियो ।
सेन्सबरीका प्रमुख कार्यकारी माइक कुपले उपभोक्तालाई अझ सस्तोमा सामान उपलब्ध गराउने उद्देश्यले दुई कम्पनीलाई मर्ज गर्न लागिएको दाबी गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार