८ माघ २०७८, शनिबार

चीनको निर्माण साइटमा दुर्घटना, ११ जनाको मृत्यु

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार १५:१९


अमेरिकाले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप

एजेन्सी । उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहले जानकारी दिएका छन् ।

निर्माण कार्यमा प्रयोग भइरहेको इलिभेटर भत्किदाँ मजदूरहरु हताहत भएका थिए । हेङ्गसइ शहरको ताआचेङ जिल्लामा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा