१३ माघ २०७८, बिहीबार

हतियारसहित पोल्याण्डका नागरिक विमानस्थलबाट पक्राउ

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार १५:२३


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कतार एयरको उडानद्वारा काठमाडौं आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियारसहित पक्राउ परेका छन् ।

उनले बोकी ल्याएको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार १ थान र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला पारी भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको हो ।

बुधबार साझ पक्राउ परेका पोल्याण्डका नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा