१९ मंसिर २०७८, आईतवार

चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार १९:१८


काठमाडौं । चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ ।  मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा नायकद्धय पल शाह, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी, कलाकार बुद्दि तामाङ मुख्य भूमिकामा छन् ।

चलचित्रको कार्यकारी निर्माता अर्पण सापकोटा हुन् भने रन्जिता सिवाकोटी यसकी सह–निर्मात्री हुन् । चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका हुन् । चलचित्रमा बनिष शाहको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रेम, मित्रता, एक्सन र दुश्मनीले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।चलचित्रको ट्रेलरमा नाजिर र पललाई केन्द्रमा राखिएको छ ।

साथमा, नायिका बर्षा सिवाकोटीका लागि हुने प्रेमयुद्ध, बुद्दि तामाङको प्रवेश आदीलाई देखाइएको छ । यो चलचित्र जेठको ३ गतेबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलरलाई व्यवसायिक केन्द्रविन्दुमा राखेर तयार पारिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा