१९ मंसिर २०७८, आईतवार

पत्रकार जितेन्द्र महर्जनको रिहाइको माग गर्दै धर्ना

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार २०:१०


काठमाडौं । पत्रकार जितेन्द्र महर्जनको रिहाइको माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मन्डलामा सन्चारकर्मीहरुले धर्ना दिएका छन् ।

गएको चैत २८ गते पक्राउ परेका महर्जनलाई सर्वोच्च अदालतले वैशाख ८ गते रिहाइको आदेश दिएलगत्तै उनलाई प्रहरीले फेरि पक्रेको थियो । अदालतको आदेशविपरीत प्रहरीले बलजफ्ती पक्रेको भन्दै सन्चारकर्मीहरुले महर्जनको अविलम्ब रिहाइको माग गरेका छन् ।

बुधबारमात्र नेपाल पत्रकार महासंघले महर्जनलगायत पक्राउ परेका सबै पत्रकारको रिहाइको पहलका लागि सरकारलाई दबाब दिन मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा