६ माघ २०७८, बिहीबार
राजनीति

नयाँ शक्तिका संयोजक बाबुराम भन्छन्,’ओली-प्रचण्ड दुवै भ्रष्टाचारी हुन्’ !

प्रकाशित मिति :  १२ बैशाख २०७६, बिहीबार २१:०४


काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले ओली–प्रचण्ड दुवै भ्रष्टाचारी भएको आरोप लगाएका छन् । संयोजक डा. भट्टराईले यस्तो गम्भिर आरोप लगाएका हुन् । उनले भने,‘ओली र प्रचण्ड दुवै भ्रष्टाचारमा लिप्त रहेको भन्दै उनीहरुबाट देशमा विकास सम्भव नभएको उद्घोष समेत गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले आगामी निर्वाचमा नेकपा, कांग्रेस, राप्रपालगायतका शक्तिहरु सबै बढारिने पनि ठोकुवा गरेका हुन् । उनले भने,‘जनताले देश बनाउने शक्ति खोजेका छन् ।

अबको निर्वाचनमा अहिलेका सबै शक्तिहरु बढारिन्छन्।’ आगामी निर्वाचनमा जनताले आफ्नो पार्टीलाई बहुमत दिनेपनि उनको दाबी छ । यद्धपी उनले अहिलेका नेताहरुलाई जनताले नरुचाउनेसमेत संकेत गरे ।

त्यस्तै, उनले आफूले कांग्रेस, कम्युनिष्ट र राप्रपाबाहेक सबै शक्तिलाई एक बनाएर लैजाने उद्धघोष गरे । उनले भने,‘अब म फोरम र राजपालाई एक बनाएर लैजान्छु ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा