इण्डियन प्रिमियर लिग : राजस्थानद्वारा कोलकत्ता ३ विकेटले पराजित
इन्द्र रिजाल
बैशाख १३, २०७६ शुक्रबार १२:३१:१२
एजेन्सी । राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा कोलकत्ता नाइट राईडर्सलाई पराजित गरेको छ ।
बिहिबार भएको खेलमा राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको हो । इडेन गार्डेनमा कोलकत्ताले दिएको १७६ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
राजस्थानको जितमा रियान परागले सर्वाधिक ४७ रन बनाए । यस्तै अजिंका रहानेले ३४ रन जोड्दा सन्जुसामसनले २२ रन बनाए ।
जोफ्रा अर्चार २७ रनमा अविजित रहे । कोलकत्ताक पियुस चावलाले ३ तथा सुनिल नारिनेले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।
कोलकत्ताका लागि दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रनको योगदान दिए । यस्तै नितेश रानाले २१ रन जोड्दा सुबमान गिल र आन्द्रे रसेलले १४र१४ रन बनाए । राजस्थानका भरुण आरोनले २ विकेट लिए ।
यो जितसंगै राजस्थानले कोलकत्तासंग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस सिजनको पहिलो भेटमा कोलकत्ताले राजस्थानलाई ८ विकेटले हराएको थियो ।
जितसंगै राजस्थानले ११ खेलबाट ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानाम रहेको छ । पराजित कोलकत्ता ११ खेलबाट ८ अंक जोडेर छैटौं स्थानमा छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार