६ माघ २०७८, बिहीबार

सर्वोच्चद्धारा एनसेलको पक्षमा आदेश जारी : भन्यो, एनसेलसँग कर नलिनु

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार ०८:४२


काठमाडौं । एनसेल लाभकरका विषयमा सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले एनसेलको पक्षमा आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयलाई अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले लाभकर निर्धारण विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय थाती राख्न भनेको हो ।

ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले सोमबार सर्वोच्च अदालतमा रिट दिएको थियो । यो विवादमा एनसेलले आफुले दुई आर्थिक वर्षमा रकम बुझाएको दावी गर्दै अव १४ अर्व ३६ करोड मात्र बुझाउनु पर्ने दावी गरेको थियो भने ठुला करदाता कार्यालयले एनसेलले ३९ अर्व ६ करोड तिर्नु पर्ने जनाएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा