८ माघ २०७८, शनिबार
तस्करी

सिरहामा श्रीमतीलाई ज्युँदै जलाएर मार्ने प्रयास, सासु प्रहरी नियन्त्रणमा

घटना पश्चात् पति फरार

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार ०९:४१


जनकपुरधाम । जनकपुरको धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि त्यस्तै घटना दोहोरिएको छ ।

सिरहा नगरपालिका वडा नम्बर ८ श्रीमान् बेचन मण्डल खत्वेले २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा बिहीबार आगो लगाएको प्रहरीले बताएको छ ।

आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइए पनि त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिरहा प्रहरीले जनाएको छ ।

घटना पश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् । कञ्चनकी सासुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । आगो लगाउनुको कारण खुलेको छैन ।

यसअघि ५ वैशाखमा धनुषाको शहीदनगर नगरपालिका १ की २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादवले शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिका थिए । उनको उपचार अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैइरहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा