बिहिबार , असोज १५, २०७७

विज्ञ भन्छन्, महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आउन सक्छन् !

विज्ञ भन्छन्, महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आउन सक्छन् !

चितवन । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो ।

उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए ।

ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताए। जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पनले दिने उनले बताए।

सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले बताए। जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ ।

विसं १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भई महाभूकम्प जाँदा १० हजार ७०० ले ज्यान गुमाएको भन्दै उनले त्यसको प्रभाव भारतको दरभङ्गासम्म पुगेको बताए ।

विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको भन्दै उनले अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको बताए । पश्चिम नेपालमा ५०० वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनको भनाइ छ ।

भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने पौडेल बताए । भूकम्पले नभएर संरचनाले क्षति पु¥याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प आउँदा आपतकालीन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । चार वर्षअघि गोरखाको बारपाकमा केन्द्रविन्दु हुने गरी गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो ।

चार वर्षमा १६ विद्यालय मात्र पुनःनिर्माण

चार वर्षअघि गएको भूकम्पका कारण भत्किएका १५९ विद्यालयमध्ये १६ विद्यालय मात्र पुनःनिर्माण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ ९शिक्षा० चितवनले दिएको जानकारीअनुसार भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणको काम हालसम्म १० प्रतिशत मात्रै भएको हो ।

कार्यालयका प्रमुख भक्तराज सेन्चुरीका अनुसार हालसम्म पुनःनिर्माण गर्नुपर्ने १५९ विद्यालयमध्ये १६ विद्यालयका ४४ कक्षाकोठा मात्रै निर्माण भएका छन् ।

निर्माण सम्पन्न भएका विद्यालय अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षका रहेका छन् । चालू आर्थिक वर्षमा ३६ विद्यालयका ११५ कक्षाकोठा निर्माणको काम भइरहेको छ ।

कार्यालयका इञ्जिनीयर सरोज श्रेष्ठका अनुसार चालू आर्थिक वर्षका लागि विनियोजित रु १८ करोड आठ लाख एक हजार ४२५ मध्ये हालसम्म रु १० करोड ५० हजार खर्च भएको छ ।

भूकम्प प्रभावित जिल्लामा चितवन कम प्रभावित जिल्लाको रुपमा पर्ने हुँदा शिक्षाको कार्यक्रममा पर्याप्त बजेट नआउँदा कामको प्रगति कम देखिएको उनले बताए ।

कार्यालय प्रमुख सेन्चुरीका अनुसार १५९ विद्यालयमध्ये कतिपय विद्यालय मर्मतसम्भारमा मात्रै परेका छन् । त्यस्ता विद्यालयको पनि काम भइरहेको उनले बताए।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ५ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ६ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ १० घण्टा पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ९ घण्टा पहिले
प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी १३ घण्टा पहिले
तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा १० घण्टा पहिले
नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु ६ घण्टा पहिले
अब को बन्ला नयाँ अर्थमन्त्री ? अब को बन्ला नयाँ अर्थमन्त्री ? ६ घण्टा पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ७ दिन पहिले
युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ५ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ६ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ १० घण्टा पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ९ घण्टा पहिले
जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! ४ दिन पहिले
सुनिलले केएमसीमा १९९९ र नोबेलमा १५५० रुपैयाँमा पीसीआर थालेपछि मन्त्री ढकाल तनावमा सुनिलले केएमसीमा १९९९ र नोबेलमा १५५० रुपैयाँमा पीसीआर थालेपछि मन्त्री ढकाल तनावमा २ दिन पहिले
काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र ७ दिन पहिले