१९ मंसिर २०७८, आईतवार

गण्डकी प्रदेशमा ४७ थान हतियार सङ्कलन

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार १२:५०


पोखरा । गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिले बुझाएका छन् ।यस प्रदेशका ११ जिल्लामध्ये छ जिल्लाबाट सो सङ्ख्याका हतियार सङ्कलन भएको हो ।

हतियार बुझाउने जिल्लामा सवैभन्दा बढी लमजुङ जिल्लाबाट १७ थान हतियार बुझाइएको छ भने कास्कीबाट १४, स्याङ्जाबाट आठ गोरखाबाट चार, बागलुङबाट तीन र तनहुँबाट एक थान हतियार बुझाइएको गण्डकी प्रहरी प्रदेशका प्रवक्ता गोविन्द पुरीले राससलाई जानकारी गराए ।

अन्य पाँच जिल्लाबाट हतियार बुझाउन कोही नआएको गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ ।

प्रदेशका पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ र नवलपरासी ‘पूर्व’का जिल्ला प्रहरी कार्यालयमा हतियार कसैले नबुझाएको देखिएको छ । गृह मन्त्रालयले २०७५ चैत १ गतेदेखि ३५ दिनभित्र त्यस्ता हतियार बुझाउन सूचना जारी गरेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा