fbpx

४८.५ प्रतिशत लाभांश पारित गर्न नेपाल लाईफले डाक्यो जेठ ४ गते साधारण सभा



नेपालबहस संवाददाता
 



nlic logo

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा बीमा कम्पनीमध्ये पहिलो साधारण सभा डाक्ने कम्पनी बनेको छ। इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार बिहान ९ः३० बजे होटल दियालो वीरगञ्जमा १९ औं वार्षिक साधारण सभा बोलाएको छ ।

१९ औं वार्षिक साधारण सभा, बोनस तथा लाभांश प्रयोजनका लागि यहि बैशाख १९ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ ।

यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात बैशाख १७ गते मंगलबारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै गत आर्थिक वर्षको लाभांश पाउनेछन्।

साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई २५ प्रतिशत बोनस तथा २३.५० नगद लाभांश गरि कूल ४८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

साथै कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ कायम गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालक समितिको बैठक भत्ता वृद्धि लगायतको प्रस्ताव उपर छलफल गरि पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।


सम्बन्धित समाचार