२२ मंसिर २०७८, बुधबार

आइतबारबाट चन्द्रागिरी गोल्डकप सुरु हुने

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार १४:५२


काठमाडौं । दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता आइतबारबाट सुरु हुने भएको छ । आयोजक दीपशिखा युवा समूहले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख १६ देखि २२ गतेसम्म संचालन हुने जनाएको छ ।

काठमाडौंको नैकापस्थित नैकाप खेल मैदानमा हुने प्रतियोगितामा २ विभागीय र एक आयोजकसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

दुई समूहमा विभाजन गरेर खेलाईने प्रतियोगितामा आयोजक दीपशिखा युवा समूह,त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब,सरस्वती युथ क्लब, फ्रेन्ड्स क्लब, एपीएफ क्लब, बिरगंज युनाईटेड र च्यासल युथ क्लबले खेल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आर्मी र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको बिजेताले ६ लाख नगद प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले ३ लाख पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ३० हजार पाउने छन् । हरेक खेलका म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगितालाई रोज बहिनी सृजनशिल महिला समाजले मुख्य प्रायोजन गरेको छ । प्रयोजनसंगै समाजले आयोजकलाई १० लाख सहयोग गर्नेछ । यस्तै चन्द्रागिरी नगरपालिकाले ६ लाख सहयोग गरेको प्रतियोगिता संयोजक रमेश बुढाथोकीले जानकारी गराए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा