२२ मंसिर २०७८, बुधबार
बैंकिङ बजार

मुक्तिनाथ विकास बैंकले खोल्यो चितवनको हाकिमचोकमा नयाँ शाखा ?

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार १७:२९


muktinath-bank

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले देशभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा बैशाख १३ गतेबाट चितवनको, हाकिमचोकमा नयाँ शाखाकाे औपचारिक  शुभारम्भ गरेको छ ।

उक्त शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी थिइन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरेकी थिइन् ।

शाखा कार्यालयको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

बैंकले देशभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहक वर्गलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैकिंङ्ग सेवाप्रदान गर्नुका साथै देशभरीका भिषा नेटवर्क अन्तर्गत रहेका ATM बाट निःशुल्क रकम झिक्नमिल्ने व्यवस्था उपलब्ध रहेको छ ।बैंकले प्रदान गर्ने यो सुविधा अब मुक्तिनाथ विकास बैंकको चितवन हाकिमचोक शाखा कार्यलयबाट पनि लिन सक्ने भएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा