१९ मंसिर २०७८, आईतवार
खोज / विशेष

नेपाल टेलिकममा एनसेलकाे घुसपैठ !

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार १८:५८


nepal-telecom-ncell

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो आदेशले एनसेललाई केही दिन राहत दिएपनि एनसेलको सेवा बहिस्कार अभियानले भने उसलाई आहत भइरहेको छ । नागरिक अगुवा एवं वरिष्ठ अधिवक्त सुरेन्द्र भण्डारीको नेतृत्वमा चलिरहेको एनसेलको सीम बहिस्कार अभियानले एनसेललाई छटपटी भएको हो ।

यतिबेला सामाजिक संजालमा सुरेन्द्र भण्डारीको आव्हान भाइरल भइरहेको छ भने नागरिक स्तरबाट समेत एनसेललाई बहिस्कार गरौं भन्दै दिनहूँ हजारौं ट्वीट र फेसबुक स्टाटसहरु आउन थालेका छन् । नेपाल सरकारलाई करिब ३९ अर्ब ६ करोड पूँजीगत लाभकर तिर्न बाँकी राखेको एनसेल व्यवस्थापनलाई सीम बहिस्कार अभियान भारी पर्न गएको संकेतहरु देखिन थालेको हो ।

यसैको प्रभाव स्वरुप विगत दुई दिनदेखि नेपाल टेलिकमको मोवाईल सेवामा गडबड हुन थालेको छ । सरकारी स्वामित्वको एकमात्र दूरसंचार कम्पनी नेपाल टेलिकमको सेवाको गुणस्तरमा एकाएक कमी आउनुलाई जानकारहरुले एनसेल व्यवस्थापनको चलखेलका रुपमा बुझ्ने गरेका छन् । दुई दिन यतादेखि नेपाल टेलिकमको मोवाइलमा सम्पर्क हुन नसक्ने, व्यस्त देखाउने र कुरा गर्दा गर्दै काटिने जस्ता समस्याहरु देखापर्न थालेका छन् ।

यसलाई जानकारहरु बाघ कराउनु र बाख्रो हराउनुको संयोग मात्र मान्न तयार छैनन् । उनीहरुको दावी छ, एनसेल व्यवस्थापनले टेलिकमका केही भ्रष्ट, घुसखोर कर्मचारी र प्रविधिकहरुलाई हातमा लिएर यस्तो धन्दा चलाइरहेको छ । टेलिकमको सेवा गुणस्तर नहुँदाको विकल्प भनेको एनसेल बाहेक अर्को मोवाईल सेवा कम्पनी नभएकाले प्रयोगकर्ताले बाध्य भएर एनसेलकै सेवा उपयोग गर्नुपर्ने हुन जान्छ । यसबाट एनसेल बहिस्कार अभियानका अभियन्ताहरुलाई कमजोर तुल्याउने, सकेसम्म आन्दोलन तुहाउने र आन्दोलनलाई फिक्का पार्ने रणनीतिक खेलमा एनसेल व्यवस्थापन जुटेको विश्लेषकहरुको भनाइ छ । अभियन्ताहरुले ने क पा समर्थक चार विद्यार्थी संगठानको एनसेल विरोधी विज्ञप्तिलाई बार्गेनिङ टुल्सका रुपमा मात्रै हेरिरहेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा