८ माघ २०७८, शनिबार

यो वर्ष मुलुकमा ६.८१ प्रतिशतले आर्थिक वृद्धि हुने

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार २२:२०


काठमाडौं । चालु वर्ष मुलुकको कुल ग्राहस्थ उत्पादन ‘जिडिपी’ ६.८१ प्रतिशतले वृद्धि हुने भएको छ । चालु आर्थिक वर्षको हालसम्म उपलब्ध तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा ६.८१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको हो ।

यो गत वर्ष भन्दा ०.५२ प्रतिशतले बढी हो। गत वर्षको वास्तविक आर्थिक वृद्धिदर ६.२९ रहेको थियो। भूकम्प पछिको वर्षलाई छाड्ने हो भने यो वृद्धिदर हालसम्मकै उच्च हो। भूकम्प गएको वर्ष ०.५९ प्रतिशत वृद्धि भएको थियो। त्यसपछिको वर्ष २०७३र७४ मा ७.९ प्रतिशतको वृद्धि भएको थियो।

बजेटमा ८ प्रतिशतको वृद्धि हुने अनुमन गरिएको थियो। यो वर्ष देशको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब पुग्ने भएको छ। गत वर्ष ३० खर्ब ३१ अर्ब थियो।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा