६ माघ २०७८, बिहीबार

कात्तिकसम्मका लागि राजपाको महाधिवशेन सर्‍यो

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार २२:२९


काठमाडौं । राष्ट्रिय जनता पार्टी ‘राजपा’को महाधिवशेन कात्तिक महिनासम्मका लागि सरेको छ । वैशाख पहिलो साताका लागि यसअघि निर्धारित महाधिवेशन हुन नसकेपछि राजपाको पदाधिकारी समितिको बैठकले कात्तिकसम्म सार्ने निर्णय गरेको हो ।

छ वटा दल मिलेर बनेको राजापाले यसअघि दुई वर्षभित्र महाधिवेशन गर्ने विधानमा व्यवस्था गरेको थियो । विधानको व्यवस्थाअनुसार यही असारभित्र महाधिवेशन सक्नुपर्ने थियो । तर, तल्लो तहको अधिवेशन नै नभएको र महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु नै तय नभएकाले असारमा महाधिवेशन हुने सम्भावना टर्‍यो ।

त्यसैले विधानमा भएको दुई वर्षको प्राधवान संशोधन गरेर महाधिवेशन कात्तिकसम्म लम्बाइएको हो । महाधिवशेन कात्तिक २८ देखि ३० गतेसम्म हुनेछ ।

राजपाका संयोजक शरदसिंह भण्डारीले विशेष प्रतिनिधिको व्यवस्था गरी महाधिवेशन गर्नुपर्ने प्रस्ताव बैठकमा राखेका थिए । अधिकांश पदाधिकारीले नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएपछि नियमति महाधिवेशनका लागि समय अपुग हुने देखिएको थियो ।

त्यसैले पदाधिकारीको सर्वसम्मतिमा महाधिवेशन सारिएको हो । ुयसअघि पटक पटक सरे पनि अब सबै नेताको सर्वसम्मतिमा महाधिवेशनसम्बन्धी निर्णय भएको छ त्यसैले तोकिएकै समयमा हुन्छु राजपाका महासचिव केशव झाले भने ।

बैठकले महाधिवेशन मूल आयोजक समितिको संयोजकको जिम्मेवारी महन्थ ठाकुरलाई दिँदै त्यसमा सबै केन्द्रीय सदस्य रहने निर्णय गरेको छ । महाधिवेशनसम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार आयोजक समितिलाई दिइएको छ । विधान तयार गर्नका लागि लक्ष्मणलाल कर्णको संयोजकत्वमा समिति बनाइएको छ ।

यसैबीच, राजपाले संविधान संशोधनलगायत माग पूरा गर्नका लागि सडक र सदनबाट सरकारविरुद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको छ । आन्दोलनको स्वरुप कस्तो र कहिलेबाट भन्ने चाहिँ स्पष्ट उल्लेख गरेको छैन ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा