‘आइतबारदेखि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह’
इन्द्र रिजाल
बैशाख १४, २०७६ आइतबार २:५४:१९
काठमाडौं । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने उद्देश्यले आइतबारदेखि ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह’ मनाइँदै छ ।
विभिन्न प्रकृतिका श्रम गर्ने सिलसिलामा उत्पन्न हुने खतरा तथा जोखिमबाट श्रमिकको जीवनमाथि पर्न सक्ने प्रतिकूल असर न्यूनीकरण गर्ने अभिप्रायले सप्ताह मनाउन लागिएको हो ।
स्वास्थ्य तथा सुरक्षितरुपमा काम गर्ने वातावरण स्थापना गर्न सबै सरोकारवाला निकायको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २०५७ सालदेखि अप्रिल २८ तारिखका दिन विश्वभर सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रम गर्दै ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवस’ मनाउन थालिएको हो ।
दिवसका अवसर पारेर श्रम तथा व्यवसायजन्य विभागले साप्ताहिकरुपमा श्रमिक स्वास्थ्य, सुरक्षा तथा सचेतनासम्बन्धी कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रमअन्तर्गत यही वैशाख १६ गते अटो व्यवसायी सङ्घको सहकार्यमा अटो श्रमिकका लागि निःशुल्क आँखा शिविर, १७ गते काठमाडौँ उपत्यकामा रहेको इँटा उद्योगमा कार्यरत श्रमिकको स्वास्थ्य परीक्षण, १९ गते काठमाडौँ उपत्यकाभित्रका औद्योगिक क्षेत्रमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी प्रचारप्रसार र २१ गते सरोकारवाला निकायको सहभागितामा बृहत् अन्तक्र्रिया गरिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका प्रमुख वरुणकुमार झाले जानकारी दिए ।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सूचना प्रवद्र्धन गर्ने उद्देश्यले सरोकारवालाको सहभागितामा आइतबार बिहान वसन्तपुरबाट प्रभातफेरि गरिने विभागले जनाएको छ । वसन्तपुरबाट शुरु भएको प्रभातफेरि प्रज्ञा डबलीमा पुगेर समापन हुनेछ ।
यस वर्ष दिवसको नारा ‘कामको भविश्य र सुरक्षा तथा स्वास्थ्य’ तय गरिएको छ । दिवसका सन्दर्भ पारेर आज अखिल नेपाल ट्रेड युनियन महासङ्घ ‘जिफन्ट’को सहकार्यमा शङ्करदेव क्याम्पसमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा १५० भन्दा बढीले रक्तदान गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
एसईई दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम
चैत २५, २०८० आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार