१२ मंसिर २०७८, आईतवार

नदीमा डुबेर सर्लाहीमा दुई बालकको मृत्यु

प्रकाशित मिति :  १४ बैशाख २०७६, शनिबार २३:०७


सर्लाही । सर्लाहीमा शनिबार पौडी खेल्न क्रममा नदीमा डुबेर दुई बालकको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका–९ कुरैनियाका विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो, भने बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त परियाको ज्यान गएको हो ।

दिउँसोको गर्मी छल्न बालबालिकाहरु नदी, खोला तथा पोखरीमा पौडी खेल्न जाने गरेका छन्। यसै क्रममा पौडी खेल्दै गर्दा उनीहरू दुवैको ज्यान गएको हो । दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा