८ माघ २०७८, शनिबार
फूटबल

एएफसी यू–१९ : उज्वेकिस्तानविरुद्ध नेपाल पहिलो जितको खोजीमा !

नेपालले आज उज्वेकिस्तानसंग खेल्दै

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार ०६:५९


काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा खराब सुरुवात गरेको नेपालले आज ‘आइतबार’ उज्वेकिस्तानसंग खेल्दैछ ।

म्यानमारमा जारी छनोटको पहिलो खेलमा अष्ट्रेलियासंग पराजित नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसंग खेल्न लागेको हो । मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समय अनुसार ३: १५ मा सुरु हुनेछ । र, उज्वेकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपाल बलियो उज्वेकिस्तानविरुद्ध अंक जोड्ने लक्ष्यमा हुनेछ । शुक्रबार भएको पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग ११-१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपाल उज्वेकिस्तानलाई पराजित गर्दै अर्को चरणको सम्भावना कायम राख्न चाहन्छ । नेपाली टोलीका कप्तान सरु लिम्बुले उज्वेकिस्तान र म्यानमारविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताईसकेकी छिन् ।

यता, उज्वेकिस्तान पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा उज्वेकिस्तान घरेलु टोली म्यानमारसंग १-० ले पराजित भएको थियो ।

उज्वेकिस्तानपछि नेपालले मंगलबार म्यानमारसंग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा