६ माघ २०७८, बिहीबार

एसीसी यू-१६ : उपाधिका लागि नेपालले आज मलेसियासंग खेल्दै

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार ०७:०३


काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आज ‘आइतबार’ मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्याण्डको चियाङमाईमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार ९ : १५ मा सुरु हुनेछ । साविकको विजेता समेत रहेको नेपाल उपाधि रक्षा गर्ने योजनासहित मैदान उत्रनेछ । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाललाई उपाधि जित्न भने मलेसियाको चुनौती पन्छाउनु पर्नेछ ।

मलेसिया पनि नेपाललाई पराजित गर्दै उपाधि जित्ने योजनामा हुनेछ । यस्तै मलेसिया नेपालसंग समूह चरणमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । समूह चरणको भेटमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । नेपाल उक्त जितलाई कायम राख्दै उपाधि घर ल्याउन चाहन्छ ।

शनिबार भएको सेमिफाइनलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।  यस्तै मलेसियाले साविकको उपविजेता सिंगापुरलाई ५७ रनले पराजित गर्दै नेपालसंगको भेट पक्का गरेको थियो ।

अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । यस संस्करणमा सिंगापुर सेमिफाइनलमा पराजित भयो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा