६ माघ २०७८, बिहीबार

दुई लाख ५० हजारको अनुदानमा प्रहरीलाई मोटरसाइकल

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार ०७:४७


दुल्लु । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीलाई एक थान मोटरसाइकल उपलब्ध गराएको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बीच प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले रु दुई लाख ५० हजारको अनुदानमा उक्त मोटरसाइकल प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले जानकारी दिए ।

गाउँपालिका कार्यालय रहेको ठाउँमा सुरक्षा सहयोगमा खटेको अस्थायी प्रहरी बिटको कामलाई थप सहयोग पु¥याउन आज भएको मोटरसाइल हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्ल, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलको सहभागित रहेको थियो ।

स्थानीय प्रहरी एकाइको कामलाई सघाउन यसअघि दुल्लू र चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पनि एक एक थान मोटरसाइकल प्रदान गरिसकेका छन् । अरु स्थानीयले पनि सम्बन्धित स्थानीय तहकै प्रहरी एकाइमा रहने गरी एक एक वटा मोटरसाइकल दिने कार्यक्रम रहेको नायब उपरीक्षक पोखरेलले जानकारी ििदए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा