६ माघ २०७८, बिहीबार

जुम्ल्याहा शिशुले आमाको पेटमै झगडा गरेकाको भिडियो भाइरल

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार ०७:५२


एजेन्सी । सामाजिक सञ्जाल सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् ।

अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ ।

रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा शिशुका पिता टाओले लिएका थिए ।

टाओले स्थानीय अखबारसँग कुरा गर्दै भने, ‘जन्म नै नभएका छोरीहरु धेरै समयसम्म एक अर्कालाई मुक्का हान्थे ।’ यो भिडियो चीनमा व्यापक भाइरल भएको छ । टाओले भिडियो एप डोयुयिनमा यो भिडियो सेयर गरेका थिए ।

भिडियो:

https://youtu.be/dBbrY06q3uE

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा