१२ मंसिर २०७८, आईतवार
स्कुल / कलेज

कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु, देशभर १ सय ७ परीक्षा केन्द्र कायम !

पहिलो दिन अंग्रेजी विषयको परीक्षा

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार ०८:४८


काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा भैरहेको छ । परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाडौं ६२ हजार ५ सय ८८ परीक्षार्थीले फाराम भरेको बोर्डले जनाएको छ । देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ । परीक्षालाई मर्यादित बनाउन १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

परीक्षाको नियम उल्लंघन गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवाना गरिने बोर्डले जनाएको छ । यसैबीच प्रश्नपत्रको सुरक्षाका लागि प्रश्नपत्र राखिएको कोठामा सीसीटीभीमार्फत निगरानी गरिएको पनि बोर्डले जनाएको छ ।

परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट थप कडाइ गर्ने गरिएको हो । १२ कक्षाको परीक्षा वैशाख २९ गतेसम्म चल्नेछ भने ११ कक्षाको बार्षिक परीक्षा पनि वैशाख २९ गतेबाट नै सुरु हुनेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा