८ माघ २०७८, शनिबार

इण्डियन प्रिमियर लिग : राजस्थान रोयल्सको महत्वपूर्ण जित

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार ०८:५२


एजेन्सी । इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले महत्वपूर्ण जित निकालेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै राजस्थानले प्लेअफको सम्भावना जिवितै राखेको छ ।

राजस्थानको जयपुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।

हैदराबादका लागि मनिष पाण्डेले ६१ रनको उत्कृष्ट इनिङ खेले । उनले ३६ बलमा ९ चौका प्रहार गरेका थिए । डेविड वार्नरले ३७ रन बनाए भने अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । बलिङतर्फ बरुण अरुण, ओशेन थोमस, श्रेयस गोपाल र जयदेव यनाड्कटले २–२ विकेट लिए ।

१६१ रनको लक्ष्य राजस्थानले इनिङ सकिनुभन्दा ५ बल अघि पूरा गर्‍यो । उसका लागि सन्जु सामसनले अविजित ४८ रनको योगदान दिए भने लियाम लिभिङस्टोनल ४४, अजिन्क्या रहाणेले ३९ र स्टिभ स्मिथले २२ रन बनाए ।

जितसँगै रोयल्सले १२ खेलबाट १० अंक बनाएको छ । हैदराबादको ११ खेलबाट १० अंक छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा