१३ माघ २०७८, बिहीबार

पहिलो एकीकृत तथ्याङ्क पोर्टल सञ्चालन

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार १४:१६


काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको नेपालको पहिलो एकीकृत तथ्याङ्क पोर्टल सञ्चालनमा आएको छ । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेशनलडाटा डट जिओभी डट एनपी’ को शुभारम्भ गरे ।

सङ्घ, प्रदेश र स्थानीय तहका भूगोल, प्रकृति, स्रोत साधन, सम्भावना र दिगो विकास लक्ष्य आदिका आधारमा तथ्याङ्क प्रशोधन गरिएको सो पोर्टल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेखित कार्यक्रममध्ये आयोगको जिम्मेवारीमा परेको एक महत्वपूर्ण कार्य हो ।

विभागका महानिर्देशक सुमन अर्यालले राष्ट्रिय तथ्यगत विवरण तयारीको क्रममा खुल्ला तथ्याङ्कको सिद्धान्तका आधारमा सो पोर्टल सञ्चालन गरिएको जानकारी दिँदै देशको भूगोल, प्रकृति, स्रोत साधन, सम्भावना र दिगो विकास लक्ष्यका विविध विषयका तथ्याङ्कमा सर्वसाधारणको पहुँच हुने बताए। पोर्टलमा सम्बन्धित निकाय र तहले तथ्याङ्क भर्ने र ताजगीकरण गर्नेछन् ।

बैठकमा आगामी पन्ध्रौ आवधिक योजनाको मस्यौदा अवधारणापत्रलाई अन्तिमरुप दिने कार्यसूची पनि छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा