१६ मंसिर २०७८, बिहीबार

ओलीको सरकार काण्डैकाण्डको सरकार : नविन्द्रराज जोशी

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार १४:२७


पूर्वउद्योगमन्त्री जोशीद्धारा सङ्कट समाधानका लागि स्वदेशी उद्योग परिचालन गर्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले वर्तमान केपी ओली नेतृत्वको सरकार काण्ड मच्चाउनमा व्यस्त रहेको जिकिर गरेका छन् ।

वर्तमान सरकार होली वाईन काण्ड ,सुन काण्ड , निर्मला हत्या काण्ड, फोरजी काण्डलगायत काण्डैकाण्ड मच्चाउन व्यस्त रहेको आरोप लगाएका छन् ।

राजधानीको पब्लिक युथ क्याम्पसमा नेविसंघले आयोजना गरेको कार्यक्रममा जोशीले उक्त कुुरा बताएका हुन् ।जोशीले कार्यक्रममा लोकतान्त्रिक मार्गबाट आएको सरकार अधिनायकवाद शैलीमा परिणत हुुँदै जनताको सार्वजनिक सम्पत्ति कब्जा गर्नमा व्यस्त रहेको जिकिर गरे ।

उनले ईतिहासको परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेविसंघ वर्तमान समयमा धमिलिदै गएको र यसबाट सच्चिन नेविसंघको राजनीति गर्ने विद्यार्थीलाई अनुरोध गरे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा