दार्चुला : एकै वडाका नेकपाका ८० जना कांग्रेसमा प्रवेश
इन्द्र रिजाल
बैशाख १५, २०७६ आइतबार २१:४४:४५
दार्चुला । पछिल्लो समय दार्चुलामा नेपाली कांग्रेसमा प्रवेशको लहर बढेको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा शनिबार एकै वडाका ८० जनाले नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ परित्याग गरि नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन ।
जिल्ला भ्र्रमणको क्रममा गृहजिल्ला दार्चुलामा रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुको काडापारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा ८० जनाले एक साथ नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस शैल्यशिखर नगर कार्यसमितकिा सभापति मोहन साउदले बताएका छन ।
नेपाली कांग्रैसमा प्रवेशगर्नेहरुमा शैल्यशिखर नगरपालिका ४ कांडापारीका स्थानीय नेकपाका नेता कृष्ण बोहरा र दलित अगुवा शंकर महरको नेतृत्वमा एकै वडाका ८०जनालाई पार्टीमा प्रवेश सहित नेपाली कांग्रेसको साधारण सदस्यता दिईएको नेपाल तरुण दल शैल्यशिखर नगर अध्यक्ष सुरेश विष्टले बताए,नव प्रवेशी युवाहरुलाई नगर तरुण दलमा समेत समावेश गरिएको छ ।
सरकारको कार्यशैलीका कारण देशभरी कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले बताएका छन ।
बर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकोले सत्ताधारी पार्टीप्रति जनातामा वितृष्णा पैदा भएको छ,नेता बडुले भने, अबको यस स्थानको विकासको जिम्मा नेपाली कांगे्रसको हो,यस वडामा गर्नुपर्नेसम्पुर्ण विकास स्थानीय तहबाट तत्काल सुरुवात गरिने छ।
नव प्रवेशीहरुलाई स्वागत गर्दै सवै अटाउने पार्टी नेपाली कांग्रैसमा सवैलाई उचित जिम्मेवारी समेत प्रदान गरी अबको दिनमा कांडापारीको विकासको लागी नेपाली कांग्रेसको पहिलो प्राथमिकतामा राखेर नगरपालिकाबाट कार्यक्रम संचालन गरिने नेपाली कांग्रेस दार्चुलाका सभापती ललित सिहबोहरराले बताए ।
लामो समय कम्युनिष्ट पार्टीमा रहेका काडांपारीका जनताले कम्युनिष्टको दुई तिहाई सरकार हुदा समेत आफनो गांउको आधारभुत आवश्यकता खानेपानी,बाटो,विद्युत,विद्यालय ,स्वास्थ्यमा सुधारको लागी कुनै पहल नगरेकोले सोही पछिल्लो पार्टीमा बसीरहन नसकि नेपाली कांगेसमा प्रवेश गरेको नव प्रवेशी कृष्ण बोहराले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार