१२ मंसिर २०७८, आईतवार

पार्टी नेतृत्वको अदुरदर्शिताका कारण कार्यकर्तामा नैराश्यता

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार १६:१०


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी नेतृत्वको अदुरदर्शिताका कारण कार्यकर्तामा नैराश्यता पलाएको बताएका छन् ।

नेपाली कांग्रेस कपिलबस्तुले जीतपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै नेपाली कांग्रेसका नेता कोइरालाले यस्तो बताएका हुन् । पार्टी नेतृत्वले कार्यकर्ताको भावना अनुसार काम गर्न नसकेका कारण नेपाली कांग्रेस कमजोर हुँदै गएको उनको भनाई छ ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अतहर कमल, पुर्व केन्द्रिय सदस्य दीपकुमार उपाध्याय, कपिलबस्तु कांग्रेसका सभापति सुरेन्द्र आचार्य, सांसद अभिशेकप्रताप साह, तरुण दलका पुर्व महामन्त्री हुर्मत न्यौपानेलगायतको उपस्थिती रहेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा