१९ मंसिर २०७८, आईतवार
वाणिज्य बैंक

आठौं एनएमबी बैंक हेरिटेज वाक भव्यताका साथ सम्पन्न

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार १९:१३


काठमाडौं । एनएमबी बैंकले विश्व सम्पदा दिवसको उपलक्षमा आठौं एनएमबी बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ ।

बैंकले विगत वर्षहरुदेखि आमजनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउन तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ ।

बैंकले विगत ७ वर्षदेखि हेरिटेज वाकको आयोजना गर्दै आएको छ । कार्यक्रमको उद्घाटन बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले संयुक्त रुपमा गरेका थिए । हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट शुरुवात भई स्वयम्भूनाथमा पुगी समापन भएको छ ।एनएमबी बैंक

स्वयम्भूनाथ परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्धारा खिचिएका देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटोहरु राखिएको थियो । साथै, बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीन समेत हस्तान्तरण गरेकोे छ ।

साथै बैंकले आठौं एनएमबी बैंक हेरिटेज वाक २०१९ को उपलक्ष्यमा आफ्ना सातैवटा प्रादेशिक कायालयहरु मार्फत विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रम समेत संचालन गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा