२२ मंसिर २०७८, बुधबार

कांग्रेसको जागरण अभियान देशव्यापी र अनुशासित ढंगले अगाडि बढ्ने

प्रकाशित मिति :  १५ बैशाख २०७६, आईतवार १९:४३


bhishma raj angdembe

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको राष्ट्रिय जागरण अभियानलाई देशव्यापी रुपमा अनुशासित ढंगले अगाडी बढाउन आह्वान गरेको छ । कांग्रेसले पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति नदिन निर्देशन दिएको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेको सभापतित्वमा आज बसेको समितिको बैठकले अभियानलाई मर्यादित, अनुशासित एवं व्यवस्थित बनाउन सो निर्णय गरेको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ यही वैशाख २५ गतेदेखि ७७ जिल्लामा एकसाथ शुरु हुँदैछ ।

बैठकले अभियानका क्रममा पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घलाई स्थलगत अनुगमन तथा निरीक्षण गर्न आग्रह गर्ने निर्णय गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा