beema-samait
Advertisement

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूबीच मर्जरका लागि बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका २०७६ जारी गरेको छ । यो निर्देशिकासँगै अब बीमा कम्पनीहरूबीच पनि मर्जरको बाटो खुलेको छ ।

यस व्यवस्था अनुसार गाभिने बीमा कम्पनीहरूले साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरी समिति समक्ष अनुमति लिनु पर्ने हुन्छ ।

बीमा समितिले कम्पनीहरूको प्रस्ताव जायज देखे सयुक्त मर्जर समिति गठनको प्रकृया अगाडि बढ्ने छ । गाभिने या प्राप्ति गरिने दुवैमा समान समितिले समान प्रकृया अपनाउने छ ।

Advertisement

मर्जरलाई प्रोत्साहित गर्न समितिले यस प्रकृयामा भारी छुट दिएको छ । जस्तै बीमा मर्जरमा जान चाहने कम्पनीहरूलाई चुक्तापूँजी पुर्याउने अवधि थप गरिएको छ ।

बीमा कम्पनीहरू एक आपसमा मर्ज हुदाँपनि सो कम्पनीको न्यूनतम चुक्तापूँजी नपुगेमा समितिले चुक्तापूँजी पुर्याउन १ बर्ष थप समय दिनेछ । यसैगरी प्रमुख कार्यकारी अधिकृतलाई कुलिङ पिरियड नलाग्नेसम्मको छुट दिइएको छ ।

यसैबीच, बीमा समितिले दुई वर्ष अगाडि १३ वटा नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । जसमा १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनी रहेका थिए । बीमा समितिले जीवन बीमा कम्पनी जीवनसँग र निर्जीवन बीमा कम्पनी निर्जीवनसँग मर्जर तथा एक्विजेशनमा जाने गरेर निर्देशिका ल्याएको छ ।

जारी गरेको निर्देशिका जस्ताको त्येस्तै :

Advertisement