नेपाल उज्वेकिस्तानसँग पराजित
इन्द्र रिजाल
बैशाख १६, २०७६ सोमबार १२:२०:२२
काठमाडौं । म्यानमारमा जारी एएफसी उन्नाइस वर्षमुनी (यू–१९) महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसंग ४–० गोलअन्तरले पराजित भएको हो । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ११–१ गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै यस हारसँगै नेपालको अर्को चरण पुग्ने सम्भावना समाप्त भएको छ । उज्वेकिस्तानको जीतमा कुर्बोनोभा शानोजाले दुई गोल गरे भने राशिदोभा तोजिनिसोखोन र खोजिभाले एक गोल गरे । कुर्बोनोभाले खेलको पहिलो हाफको २१ औँ मिनेटमा गोल गरे भने खेलको दोस्रो हाफमा ६७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
त्यस्तै खेलको ७४ औँ मिनेटमा राशिदोभा एक गोल थपे भने खेलको ७८ औँ मिनेटमा खोजिभाले गोल गर्दै उज्वेकिस्तानलाई ४–० को जीत दिलाए । अब नेपालले आफ्नो अन्तिम खेल यही वैशाख १७ गते म्यानमारसँग खेल्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार