छोरीको शिक्षा र स्वास्थ्यमा इन्द्रमायाको चिन्ता
इन्द्र रिजाल
बैशाख १६, २०७६ सोमबार १९:२७:१०
दमौली । छोरी बेला–बेलामा बिरामी पर्छिन् । छोरीको औषधि उपचारका लागि मलाई धौ–धौ परिरहेको छ । मलाई अरु केही चाहिएको छैन, छोरीको स्वास्थ्य र शिक्षाकै चिन्ता छ ।
तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया तामाङ कुसुण्डालाई आफ्नी ११ वर्षीया छोरीलाई कसरी राम्रो स्वास्थ्य र शिक्षा दिने भन्ने चिन्ता छ ।
लोपोन्मुख र तनहुँकै एक मात्र कुसुण्डा जातिका स्व राजामामा कुसुण्डाका श्रीमती इन्द्रमायालाई छोरी सीमान्तको स्वास्थ्य उपचार र शिक्षाका लागि समस्या परेको हो ।
सामाजिक सुरक्षा भत्ता बापत सरकारले प्रतिव्यक्ति रु एक हजार दिने गरेको छ । इन्द्रमायाले आफ्नो र छोरीको मासिक दुई हजार भत्ता पाउछन् । उक्त भत्ताले घर खर्चसमेत चलाउन धौ–धौ परेको उनले बताए ।
केही समयअघि सोही वडास्थित सतिश बोर्डिङ स्कुलमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएको उनीसँग अहिले रोजगारी छैन । विद्यालयले घरमा काम गर्न आग्रह गरेपछि उनले दुवै तिर काम गर्न नसक्ने जानकारी दिएपछि अरुलाई नै रोजगारी दिइएको छ ।
उनले भने, “ रोजगारी नभएपछि घरखर्च चलाउन समस्या परिरहेको छ ।” सीमान्त बोर्डिङ स्कुलमा चार कक्षामा अध्ययन गर्छिन् । छोरीको मासिक शुल्क रु एक हजार ४०० छ ।
पहिले इन्द्रमाया सोही बोर्डिङमै कार्यरत रहेकाले छोरीको मासिक शुल्क तिर्न पुगेको थियो । उनले भने, “ रोजगारी नभएपछि कसरी शुल्क तिर्ने ? ” कुसुण्डा भाषा बोल्न जान्ने राजामामाको गत वर्ष वैशाख ५ गते निधन भएको थियो ।
राजामामाको निधनपछि कुसुण्डा भाषासमेत लोप हुने चिन्ता बढेको इन्द्रमायाले बताए । ‘मलाई पनि कुसुण्डा भाषा खासै आउँदैन । राजामामासँग विवाह गरेपछि अलि–अलि मात्रै बोल्न जानेको छु । तर कोसँग बोल्ने, यो भाषा बोल्ने मान्छे अरु छैनन् ।’ आफूलाई राजामामाले नै अलिअलि बोल्न सिकाएको उनले बताए। सीमान्तलाई भने यो भाषा बोल्न आउँदैन ।
सोही वडाका अध्यक्ष तुलसीराम सापकोटाले सीमान्तको पढाइको जिम्मेवारी वडा कार्यालयले लिने प्रतिबद्धता जनाए । उनले आगामी आर्थिक वर्षको बजेटमै वडाबाट सीमान्तको शिक्षाको लागि बजेट छुट्याउने तयारी गरिएको जानकारी दिए। साथै इन्द्रमायाको रोजगारीको लागि आफूले नगर प्रमुखसँग छलफल गर्ने उनले बताए ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरीद गरी तीन कोठे घर निर्माण गरिदिएको छ । प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजामामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो ।
सीमान्तको सहयोगका लागि अभियान
साहित्यकार एवं साभ नेपाल संस्थाका अध्यक्ष तुलसी प्रवासले सीमान्तको सहयोगका लागि अभियान शुरु गरेका छन् । नेपालका विभिन्न जातजातिको अनुसन्धानमा लाग्नुभएका उनले कुसुण्डा बालिकाको सहयोग अभियान शुरु गरेका हुन् ।
कुसुण्डा परिवारको आर्थिक अवस्था ज्यादै दयनीय रहेकोले सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान सञ्चालन गरेको उनले जानकारी दिए ।
व्यास नगरपालिकामा बसोबास गर्ने ३९ प्रकारका जातजातिको सामाजिक, सांस्कृतिक पक्षको अनुसन्धानका सिलसिलामा उनले कुसुण्डा परिवारलाई भेटेका थिए ।
सीमान्तको शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नका लागि आफूले अभियान शुरु गरेको उनले बताए । उनका अनुसार अभियान सञ्चालन गरे लगत्तै देश तथा विदेशबाट केहीले सहयोग गरिसकेका छन् भने केहीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
अमेरिकामा रहेका आफ्ना साथीले सीमान्तलाई कक्षा १२ सम्म अध्ययन गराउने प्रतिबद्धता जनाइसकेको प्रवासले जानकारी दिए । अभियानबाट सङ्कलित रकमले कोष बनाइनेछ । उक्त कोषबाट प्राप्त रकमले सीमान्तको शिक्षा र स्वास्थ्य उपचारमा खर्च गरिनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदेशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो
बैशाख ३, २०८१ सोमबार
काठमाडौं वायु प्रदूषणको हिसाबले प्रदूषित सहरका रुपमा अग्रस्थानमा
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार