११ मंसिर २०७८, शनिबार

बाल्टीमोरमा गोली चल्यो, एकको मृत्यु

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १४:०३


एजेन्सी । संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिए ।

बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अन्य सात जना घाइते भएका छन् । गोली चलाउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा