२२ मंसिर २०७८, बुधबार

इन्डोनेसियामा आएको बाढी र पहिरोमा ३१ को मृत्यु

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १४:१०


जाकार्ता । इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ ।

यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जानकारी दिएका छन् ।

यस बाढी र पहिरोको कारण केही विद्यालयलगायत १ सय ८४ ओटा भवनहरु ध्वस्त भएपछि १२ हजार भन्दा बढी व्यक्ति विस्थापित भई शरणार्थी स्थलमा पुगेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी सडक पुललगायतका अन्य ४० ओटा संरचनाहरु सो प्रकोपको कारण ध्वस्त भएको बताइएको छ ।इन्डोनेसियामा बाढीे र पहिरो जस्ता प्राकृतिक प्रकोप बारम्बार सतारहेको पाइन्छ ।

बाढीलगायतका प्राकृतिक प्रकोपमा परी इन्डोनेसियामा बर्षेनी हजारौँ व्यक्तिको मृत्यु हुने गरेको जनाइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा