१३ माघ २०७८, बिहीबार
समाज

मौसम : देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली !

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १४:१९


काठमाडौं । मौसम पूर्वनुमान महाशाखाले आगामि ३ दिनको विवरण सार्वजनिक गरेको छ । सोमबार बिहान एक सुचना जारी गर्दै विभागले आगामी ३ दिनको मौसमको जानकारी दिएको हो ।

मौसम शाखाका अनुसार सोमबार,मंगलबार र बुधबार देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली हुन सक्ने सम्भावना रहेको छ ।

हेर्नूस आगामी ३ दिन मौसम यस्तो छ :

बैशाख १६  गते (सोमबार):
दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक  बदली र बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका केही स्थानमा तथा मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।
राति: देशको पूर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदलि र बाँकी भू-भागमा मौसम सामान्यतया  सफा रहनेछ | देशका पूर्वी पहाडी भेगका थोरै स्थानमा तथा  मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख १७  गते (मंगलबार):
 
दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक  बदली रहनेछ भने बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।
राति: देशका पहाडी भेगमा मौसम आंशिक देखि सामान्य बदलि रहनेछ। देशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख १८  गते (बुधबार):
दिउँसोः देशको पश्चिमि पहाडि भेगमा सामान्य बदली, मध्य र पुर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बांकि भू-भागमा मौसम आंशिक बदलि रहनेछ । देशका पश्चिमि पहाडि भेगका केहि र बाँकि पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।
राति: देशको पश्चिमि पहाडि भेगमा सामान्य बदली, मध्य र पुर्बी पहाडी भेगमा आंशिक देखि सामान्य बदलि र बांकि भू-भागमा मौसम आंशिक बदलि रहनेछ ।देशका पहाडि भेगका केहि स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा