१९ मंसिर २०७८, आईतवार

नेकपा सचिवालय बैठक : घोषणापत्रलाई केन्द्रमा राखेर नीति ल्याउन सुझाव

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १५:४८


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकमा नेताहरुले चुनावी घोषणापत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्याक्रमबारे शीर्ष नेताहरुसँग सुझाव माग गर्नुभएको थियो । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले पार्टीको घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुख्यतः संविधानले भनेको समाजवाद उन्मुख नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिइएको र चुनावको घोषणापत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइएको बताए ।

अहिलेसम्म सरकारले गरेका काम र उपलव्धीको रक्षा साथै विस्तार गर्न पनि प्रधानमन्त्री ओलीलाई नेताहरुले सुझाव दिइएको उनले बताए ।

बैठकमा नेकपाका नेताहरुले पुँजीगत खर्च कार्यान्वयनमा अझै राम्रो क्षमता अभिवृद्धि हुन नसकेको अवस्थामा अव त्यसको लागि अझै काम गर्नुपर्नेमा पनि जोड दिएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा