२२ मंसिर २०७८, बुधबार

गुराँस लघुवित्तको साधारण शेयर आजबाट बिक्री खुल्ला

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १६:५१


gurans-laghubitta

काठमाडाैं । पछिल्लो दिनमा साधारण शेयर बिक्री गर्ने होडबाजी चलिरहेको बेला गुराँस लघुवित्तले आजदेखि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले २ लाख ३३ हजार ६२५ कित्ता शेयर बिक्री शुरु गरेको हो ।

बिक्री गर्न लागिएको दुई लाख ५० हजार कित्ता शेयरमध्ये तीन हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।

कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ययाएर बाँकी रहेको रहेको दुई लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो । सो कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीको शेयर छिटोमा यही वैशाख २० गते र ढिलोमा आगामी जेठ १४ गते सम्म आवेदन गर्न सकिनेछ ।

Gurans-Issue-Open-Notice


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा