सोमबार , माघ १२, २०७७

हँसिलो मुहार भएको मानिस सबैको प्यारो, फाइदा यस्ता छन् !

हँसिलो मुहार भएको मानिस सबैको प्यारो, फाइदा यस्ता छन् !

एजेन्सी । भनिन्छ नि जो धेरै हास्छ उ सधै स्वस्थ्य हुन्छ अथवा हँसमुख अनुहारले अरूको मन सजिलै जित्न सक्छ । त्यसैले, हँसिलो मुहार भएको मानिस सबैको प्यारो हुन्छ ।

प्रायः सफल मानिसका पछाडि हाँस्नु अर्थात् खुसी रहनुले विशेष अर्थ राखेको हुन्छ । अर्थात्, जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ । हाँस्नु स्वास्थ्यका दृष्टिले समेत एकदमै फाइदाजनक मानिन्छ । हाँसो सर्वसुलभ प्राकृतिक औषधि नै हो ।

अब जान्नुहोस्, हाँस्नुका फाइदा:

तनाव कम
हामी हाँस्दा हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ । सो हर्मोनको काम तनाव कम गर्ने हो । तसर्थ, दिल खोलेर हाँसेर तनाव व्यवस्थापन गर्न सकिन्छ । तनावकै कारण हुने विभिन्न शारीरिक तथा मानसिक समस्याबाट जोगिनसमेत हाँस्न जरुरी छ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो ।

स्वस्थ जीवन
हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । जसकारण हाम्रो शरीरमा स्वतः ऊर्जा आउँछ । खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ । शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ । त्यस्तै, हाँसोले प्रतिरक्षा प्रणाली पनि बलियो बनाउने भएकाले शरीरलाई बाहिरी ब्याक्टेरियाबाट जोगाउँछ । साथै, अनिद्राको समस्या हटाउन पनि हाँस्न जरुरी छ ।

व्यवसायमा सफल
व्यवसाय गर्ने मानिस प्रायः सधैँ हँसिलो देखिन्छ । अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी छ । मुस्कुराउने वा नरम हुनाले एक–अर्कासँगको सम्बन्ध सुमधुर बनाइदिन्छ । जो व्यवसायीका लागि सकारात्मक पक्ष हो । हँसिला मानिस मात्र व्यवसायमा सफल छन् भन्ने प्रमाणित भइसकेको तथ्य हो ।

सकारात्मक ऊर्जा पैदा
जब हामी हाँस्छौँ, फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति सहज बनाइदिन्छ । अनि, शरीरमा सकारात्मक ऊर्जा प्रदान हुन्छ । खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन । बिहानको ताजा हावामा उन्मुक्त तरिकाले हाँस्नुपर्छ । अनि, बिहानैदेखि खुसी छाउँछ ।

सामाजिक सम्बन्ध विकास
अमेरिकामा भएको एक अध्ययनले हँसिला मानिसको परिवारमा सम्बन्धविच्छेद कम हुने देखाएको थियो । मुस्कुराएर बोल्दा परिवारमा झै–झगडा कम हुने र सम्बन्ध सुमधुर रहने हुन्छ । यसले एक–अर्कामाथि द्वेषको भावना आउँदैन । फलस्वरूप सामाजिक सम्बन्धसमेत बलियो हुन्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राष्ट्रपति बाइडेनले शपथग्रहणमा लगाएको घडीको मूल्य आठ लाख राष्ट्रपति बाइडेनले शपथग्रहणमा लगाएको घडीको मूल्य आठ लाख ४ घण्टा पहिले
सोमबार यी तीन कम्पनीको शेयरमूल्य समायोजन सोमबार यी तीन कम्पनीको शेयरमूल्य समायोजन ११ घण्टा पहिले
गण्डकीमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप आइपुग्याे गण्डकीमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप आइपुग्याे ११ घण्टा पहिले
सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा ७ घण्टा पहिले
पर्यटकलाई अतिथि देव भव अनुसार व्यवहार गर्नुपर्छ : आईजीपी थापा क्षेत्री पर्यटकलाई अतिथि देव भव अनुसार व्यवहार गर्नुपर्छ : आईजीपी थापा क्षेत्री ८ घण्टा पहिले
प्रचण्ड–माधव पक्षलाई ओलीकाे कटाक्ष, सिङ्ग फुक्लिसकेकालाई कसैले टेर्दैनन् ! प्रचण्ड–माधव पक्षलाई ओलीकाे कटाक्ष, सिङ्ग फुक्लिसकेकालाई कसैले टेर्दैनन् ! ४ घण्टा पहिले
ग्लोबल आइएमई बैंकले भण्डारा दूग्ध उत्पादक सहकारीमार्फत कुषि कर्जा दिने ग्लोबल आइएमई बैंकले भण्डारा दूग्ध उत्पादक सहकारीमार्फत कुषि कर्जा दिने २ घण्टा पहिले
सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्लामा तयारी तीव्र सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्लामा तयारी तीव्र ११ घण्टा पहिले
बाइडनले कार्यभार सम्हाल्नासाथ थुप्रै कार्यकारी आदेश जारी गर्ने तयारी बाइडनले कार्यभार सम्हाल्नासाथ थुप्रै कार्यकारी आदेश जारी गर्ने तयारी ५ दिन पहिले
यी हुन् बुधबार नेप्सेमा सबैभन्दा धेरै कारोबार गर्ने ५ कम्पनी ? यी हुन् बुधबार नेप्सेमा सबैभन्दा धेरै कारोबार गर्ने ५ कम्पनी ? ५ दिन पहिले
२६ लघुवित्तको लाभांश घोषणाः पन्ध्रले गरे बुक क्लोज, बाँकीको कहिले ? २६ लघुवित्तको लाभांश घोषणाः पन्ध्रले गरे बुक क्लोज, बाँकीको कहिले ? ६ दिन पहिले
दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना : दुईको मृत्यु, १९ जना घाइते दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना : दुईको मृत्यु, १९ जना घाइते ४ दिन पहिले
नेकपाको चुनाव चिन्ह विवादले राजनीतिक संकट थप चर्कने नेकपाको चुनाव चिन्ह विवादले राजनीतिक संकट थप चर्कने ६ दिन पहिले
कर्णालीमा कोरोनाविरुद्ध ११ हजार खोप आउँदै कर्णालीमा कोरोनाविरुद्ध ११ हजार खोप आउँदै १ दिन पहिले
चीन र भारत सीमा क्षेत्रमा फेरि झडप, २४ सैनिक घाइते चीन र भारत सीमा क्षेत्रमा फेरि झडप, २४ सैनिक घाइते ७ घण्टा पहिले
तीन वाणिज्य बैंकसहित पाँच कम्पनीले पाए ऋणपत्र निष्कासनको अनुमति तीन वाणिज्य बैंकसहित पाँच कम्पनीले पाए ऋणपत्र निष्कासनको अनुमति ६ दिन पहिले