२२ मंसिर २०७८, बुधबार

२०७६/७७ नीति तथा कार्यक्रम वैशाख २० गते

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १८:३४


policy-076-77

काठमाडौं । सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पेश गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।

जनताले अनुभूत गर्ने नीति तथा कार्यक्रम ल्याउन नेकपा सचिवालयको सुझाव

नेपाल कम्युनिष्ट पार्टी ने क पाका नेताहरुले सरकारलाई जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन् ।

पार्टीको चुनावी घोषणापत्रअनुसार समाजवादोन्मुख संविधानको मर्म र भावनालाई समेत ध्यान दिएर नीति तथा कार्यक्रम र बजेट ल्याउन आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले सरकारलाई सुझाव दिएको हो ।

सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संविधानमै भएको व्यवस्थानुसार हरेक जेठ १५ गते बजेट प्रस्तुत गरिन्छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आम जनताले अनुभूत गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन आफूहरुले सरकारलाई सुझाव दिएको जानकारी दिनुभयो । बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन, जनसङ्गठनको एकतालगायत विषयमा निर्णय गर्ने अपेक्षा गरेपनि कुनै निर्णय भएन । यसअघिको सचिवालय बैठकले पार्टीका जिल्ला अध्यक्ष र सचिवहरुको टुङ्गो लगाएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा