२२ मंसिर २०७८, बुधबार
राजनीति

सङ्घीय संसद्को चौथो अधिवेशन शुरु, गिरिजा र सुशीललाई जस्तो गाह्रो ओलीलाई नभएको सांसदको टिप्पणी

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार १८:५२


samsad-bhawan

काठमाडौं । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौथो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरुप सङ्घीय संसद्को बैठक अपराह्न ४ बजेदेखि शुरुभएको हो । वर्षे अधिवेशनका रुपमा रहेको यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गर्ने छ ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्दै राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र पढेर सुनाए । त्यसपछि सभामुखले नयाँ वर्षको उपलक्ष्यमा शुभकामनासहित सम्पूर्ण सदस्यलाई स्वागत गरे । त्यसपछि बैठकमा मुलुकको राजनीतिक परिवर्तनमा योगदान पु¥याउनुभएका ज्ञात अज्ञात शहीदप्रति मौन धारण गरिएको थियो ।

नेताद्वारा शुभकामना
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले जनताको हितका कुनै काम गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले मुलुकमा भ्रष्टाचर बढेको, शान्ति सुरक्षाको अवस्था खस्केको तथा हत्याहिंसाको घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न नसकेको आरोप लगाए ।

सभापति देउवाले बारा र पर्सालगायत तराईमा आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै पीडितको आवास पुनःनिर्माण सरकारले तत्कालै पुर्नवासको व्यवस्था गर्न माग गरे । सरकारको राम्रा काममा जिम्मेवार प्रतिपक्षको हैसियतले रचनात्मक सहयोग हुने बताउँदै उनले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण सदस्यलाई स्वागत गरे ।

नेपाल कम्युनिष्ट पार्टी ने क पाका संसदीय दलका उपनेता सुवास नेम्वाङले जनताको चाहना र भावनाअनुरुप संसदले कसरी काम गर्छ र कसरी एकताबद्ध भएर अघि बढून् भनेर सबैले यो अधिवेशनलाई निकै चासोका साथ हेरिरहेको बताउनुभयो । यो अधिवेशनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार तयार गर्नुपर्छ भन्दै उनले यो घडीमा सत्ता पक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नुपर्नेमा जनता निराश छन् भन्ने भनाइ समयसापेक्ष नभएको धारणा राखे ।

वर्तमान सरकारलाई विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई जस्तो शान्ति कायम गरी सङ्क्रमणकाल व्यवस्थापन गर्नुपर्ने, सुशील कोइराला नेतृत्वको सरकारको जस्तो संविधान जारी गर्नुपर्ने र शेरबहादुर देउवा नेतृत्वको सरकारको जस्तो निर्वाचन गराउनुपर्ने चुनौती नभएको उल्लेख गर्र्दै सरकारले यस सहज वातावरणको अवधिमा पनि अपेक्षाकृत काम गर्न नसकेको बताए । प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशिला अपनाइने भने पनि मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, वाइडबडी विमान प्रकरणलगायत राष्ट्रिय आयोजनामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै नेता पाण्डेले सरकारको ध्यानाकर्षण गराए । साथै उनले बालुवाटार र खुला मञ्चको सार्वजनिक जग्गा अतिक्रमणमा प्रश्न उठाउँदै निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरे ।

उपनेता नेम्वाङले भने, “हामी प्रतिपक्षलाई सम्मान गर्छौँ, प्रतिपक्ष राज्यको अभिन्न अङ्ग हो, प्रतिपक्षले पनि सोहीअनुरुप जिम्मेवारी प्रदर्शन गर्नेछ । हामी मिलेर देशको विकास गर्नुको विकल्प छैन । जनतालाई आश्वस्त तुल्याउन र परिणाम दिन सकेन भने प्रणालीमै खोट लाग्न सक्छ ।” सबै खाले आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउँदै उहाँले जनतालाई सकारात्मक परिणाम देखाउनुको बिकल्प नरहेको उल्लेख गरे ।

संसद सशक्त र प्रभावकारी भएमा पारदर्शी र जवाफदेहीलाई स्थापित गर्न सकिन्छ भन्दै उपनेता नेम्वाङले निरुङ्कुशताको विरुद्ध समाजवाद उन्मुख संविधानको भावनाअनुरुप अघि बढ्न आवश्यक भएको बताए । अधिवेशन ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार तयार गर्न सफल हुने उनले विश्वास व्यक्त गरे ।

राष्ट्रियसभामा सत्ता पक्ष र विपक्षमा विभाजित हुन नहुने सुझाव
राष्ट्रियसभाको आजको बैठकमा विभिन्न दलका नेताहरुले राष्ट्रियसभामा सत्ता र प्रतिपक्ष नभनेर सभाको गरिमा र छविलाई उच्च एवं सम्मानित बनाउनुपर्ने बताएका छन् ।

बैठकमा राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी ने क पाका संसदीय दलका नेता दीनानाथ शर्माले राजनीतिक शक्तिहरुले यतिखेर लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोग गर्न लागेको बताए । उनले राष्ट्रियसभामा विगत झैँ सत्ता र प्रतिपक्ष नभनेर सभाको गरिमा र छविलाई उच्च र सम्मानित बनाउँदै आगामी दिनमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

यस अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम र बजेटमा गुणात्मक परिवर्तन हुने किसिमले ल्याइने विश्वास व्यक्त गर्दै उहाँले विगतको विकृतिको भारी बोकेर कसैले सुख पाउँदैन, त्यस्ता विकृति हटाउन सरकारले हिम्मत गर्नुपर्नेमा जोड दिए ।

समाजवादी आर्थतन्त्र विकास लागि दलीय सहमति आवश्यक भएको उल्लेख गर्दै नेता शर्माले सबै मिलेर राष्ट्र निर्माणको सङ्कल्प गर्नुपर्ने र यो अधिवेशनलाई सफल बनाउनु पर्ने उल्लेख गरे । सबै क्षेत्रका जनताका समस्या हल हुने गरी नीति तथा कार्यक्रम र बजेट आउने बताउँदै उनले प्रतिपक्ष दलको सिर्जनात्मक भूमिकाको अपेक्षा गरेको बताए ।

राष्ट्रियसभामा नेपाली काङ्ग्रेसका संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले विगतमा संविधानअनुसार कानून बनाउँदा हतारमा पारित गर्न बाध्य पारिएको बताउँदै आगामी दिनमा त्यस्तो अवस्था आउन नदिन सदनको ध्यानाकर्षण गराए ।

उनले वर्तमान सरकारलाई विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई जस्तो शान्ति कायम गरी सङ्क्रमणकाल व्यवस्थापन गर्नुपर्ने, सुशील कोइराला नेतृत्वको सरकारको जस्तो संविधान जारी गर्नुपर्ने र शेरबहादुर देउवा नेतृत्वको सरकारको जस्तो निर्वाचन गराउनुपर्ने चुनौती नभएको उल्लेख गर्र्दै सरकारले यस सहज वातावरणको अवधिमा पनि अपेक्षाकृत काम गर्न नसकेको बताए ।

प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशिला अपनाइने भने पनि मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, वाइडबडी विमान प्रकरणलगायत राष्ट्रिय आयोजनामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै नेता पाण्डेले सरकारको ध्यानाकर्षण गराए । साथै उनले बालुवाटार र खुला मञ्चको सार्वजनिक जग्गा अतिक्रमणमा प्रश्न उठाउँदै निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरे ।

मुलुक सङ्घीयतामा गइसकेका बेला प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीकरण गर्न लागिएको, स्वतन्त्र पत्रकारितामा आँच आउने गतिविधि भएको, मानवाधिकार आयोगको अधिकार हनन हुने गरी कानून ल्याएको, कर्मचारी, शिक्षक र चिकित्सकको असन्तुष्टि समाधान हुन नसकेको अरोप लगाउँदै उनले सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय जनता पार्टी नेपालका सांसद वृषेशचन्द्र लालले राष्ट्रियसभामा सत्ता पक्ष र विपक्षबीच सहमतिको वातावरण हुनुपर्ने धारणा व्यक्त गर्दै प्रदेश र स्थानीय तहका संविधानअनुसार अधिकार नपाएको भन्ने गुनासा सङ्घीय सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

सङ्घीयता र गणतन्त्रमाथि योजनाबद्ध रुपमा हमला भइरहेको बताउँदै उनले मुलुकमा बढेको अराजकता र भ्रष्टाचारले त्यस्ता षडयन्त्रकारीलाई नै फाइदा हुने उल्लेख गरे । यसमा सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका सांसद प्रमिला कुमारीले संविधानअनुसार महिलाका हकअधिकार स्थापित हुनुपर्ने बताउँदै आगामी दिनमा महिला हिंसा नियन्त्रण गर्न र शान्तिसुरक्षा प्रभावकारी रुपमा कायम गराउन ध्यानाकर्षण गराए ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुले बैठक अवधिमा मोबाइल प्रयोग गरेको पाइएको भन्दै आगामी दिनमा त्यस्तो नगर्न दिर्नेशन दिएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा